२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको निर्वाचन सम्पन्न, १२ सय १९ मत खस्यो

२०८० माघ २०, शनिबार प्रकाशित ( महिना अघि) ८१८ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन शन्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।

शनिबार ५ बजे सम्पन्न मतदानमा १ हजार २ सय १९ मत खसेको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो । शनिबार कोल्हुवा खानेपानी स्थित कुमारवर्ती माध्यामिक विद्यालय प्राङ्गडमा मतदान सम्पन्न भएको हो।

संस्थामा कुल १ हजार ५ सय ३८ मतदाता थिए । जसमध्ये ३ सय १९ जना मतदाता मतदानका लागि उपस्थित नभएको निर्वाचन अधिकृत सापकोटाको भनाई छ । संस्थाको आगामी अध्यक्षका लागि तिन जनाको उमेद्वारी परेको थियो । कोल्हुवा खानेपानीमा करिब ८० प्रतिशत मत खसेको छ । संस्थाको निर्वाचन सकिए लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतले जनाउनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%३%२%

प्रतिक्रिया दिनुहोस