२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी चुनाव: मतदान जारी, ४ घण्टामा ६ सयबढी मतदान

२०८० माघ २०, शनिबार प्रकाशित ( महिना अघि) ३३८ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कोल्हुवा खानेपानी स्थित कुमारवर्ती माध्यमिक विद्यालयमा मतदान जारी छ ।

मतदान विहान १० बजेदेखि सुरु भएकोमा २ बजेसम्म ४ घण्टामा ६ सय १६ मत खसेको छ । खानेपानी चुनावमा ११ पदका लागि ३१ जना प्रतिस्पर्धामा छन् ।

यसमध्ये अध्यक्ष पदका उम्मेदवार सरस्वती पन्थी,नारायण पौडेल र कुम नारायण महतो थारुको प्यानल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

नयाँ कार्य समिति चयनको लागि आज हुँदै गरेको चुनाव शान्तिपूर्ण र मर्यादित ढङ्गले संञ्चालन भइरहेको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो। विहान १० बजेदेखि सुरु भएको मतदान बेलुकी ४ बजेसम्म चल्ने उहाँले बताउनुभयो । खानेपानीको कुल मतदाता संख्या १५ सय ३८ रहेकोे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस