२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको मतदान शुरु 

२०८० माघ २०, शनिबार प्रकाशित ( महिना अघि) ३४३ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी उपभोक्ता समितिको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।

कुल १ हजार ५ सय ३८ मतदाता रहेको समितिको नयाँ कार्यसमितिका लागि कोल्हुवा स्थित कुमारवर्ती माध्यमिक विद्यालयमा विहान १०  बजेबाट मतदान शुरु भएको हो।

अपरान्ह ४ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभएको छ । समितिको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुँदैछ । नयाँ नेतृत्वका लागि सक्रिय राजनीतिक दलहरु एकल तथा गठबन्धन बनाएर चुनावी मैदानमा छन् ।

काँग्रेससहितको गठबन्धनबाट अध्यक्ष पदमा नारायण पौडेल उमेद्वार हुनुहुन्छ भने एमालेबाट अध्यक्ष पदमा सरस्वती पन्थी चुनावी मैदानमा हुनुहुन्छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धा छ । स्वतन्त्र पार्टीबाट अध्यक्षका लागि कुम नारायण महतो थारु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%

प्रतिक्रिया दिनुहोस