२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

नेपाल ग्रीन भ्याली बोर्डिङ स्कुलले मनायो २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस

२०८० माघ २०, शनिबार प्रकाशित ( महिना अघि) २८९ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका वार्ड नं ८ चौरङ्गी स्थित भागारामा रहेको नेपाल ग्रीन भ्याली इन्ङ्गलिस बोडिङ स्कुले शुक्रबार २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालय प्रांगणमा एक भब्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । विद्यालयका संस्थापक गीता देवी तिवारीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा पूर्व सांसद शंकर पाण्डे प्रमुख वक्ता रहनुभएको थियो ।

1706936394438

कार्यक्रमको उत्द्धघाट्न गदै प्रमुख अतिथि पूर्व सांसद शंकर पाण्डेले निजी विद्यालयहरूको शैक्षिक भौतिक स्थितिमा निकै सुधार भएकाले विध्यार्थीहरुको गुणस्तरीय शिक्षामा धेरै सुधार भएको बताउदै विद्यालयको प्रशंसा गर्नु भयो । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक , अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिने बताउनु भयो।

1706936342078

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न सांस्कृति प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका बिच विद्यालयको प्रगाति विवरण प्रस्तुुत गर्नुका साथै शैक्षिक उपलब्धका बारेमा अभिभावकललाई जानकारी समेत गराएको थियो ।

उक्त कार्यक्रममा एन पेप्सनका केन्द्रीय सचिव राजु पाण्डे, मध्यविन्दु नगरपालिकाका ७ का वडा अध्यक्ष कर्ण बहादुर मल्ल ८ का  पर्शुराम महतो, वडा सदस्य सन्न्जुबाबु पोखरेल लगायत सामुदायिक तथा निजी क्षेत्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, क्रियाशील बिभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधी, अभिभावक तथा समाजसेवि ,पत्रकार लगाएतकाको उपस्थितिमा सम्पन्न भएको थियो ।

1706936000329

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस