२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा हिमालयन लघुवित्तद्वारा बीमादाबी भुक्तानी

२०८० माघ १९, शुक्रबार प्रकाशित ( महिना अघि) ४४१ पाठक संख्या

कोल्हुवा । हिमालयन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय कोल्हुवा मध्यविन्दु – २ नवलपुरले मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाले शुक्रबार आफ्नो एक सदस्यको मृत्युपछि उनका श्रीमानलाई बीमाको क्षतिपूर्ति बापतको रकम उपलब्ध गराएको हो । कार्यक्रममा उपमेयर पूर्णकला चौधरी, वडाअध्यक्ष रामभक्त अधिकारी , संस्थाको कर्मचारी विष्णु कुमारी थनेत, शाखा प्रमुख हेमराज बस्नेत र स्व.तुलसी श्रेष्ठको आफन्त बीच एक कार्यक्रम आयोजित गरी लघुबीमा अन्तर्गत मृत्यु बीमा रकम हस्तान्तरण गरेको हो ।

IMG 20240202 WA0005

जिल्लाको मध्यविन्दु नगरपालीका वडा नं: २ कोल्हुवामा रहेको केन्द्र नं: ५८ कि सदस्य स्व.तुलसी श्रेष्ठको निधनपछि पाउनुपर्ने बीमा दाबी रकमबापत ३ लाख ८५ हजार रुपैयाँ मध्य १ लाख २६ हजार ५ सय ९० रुपैयाँ ऋण कट्टी गरि उनका श्रीमान खड्ग नारायण श्रेष्ठलाई बीमा दाबी रकमबापत २ लाख ५८ हजार ५ सय १० रुपैयाँको चेक वडाअध्यक्ष रामभक्त अधिकारीको उपस्थितिमा उपमेयर पूर्णकला चौधरीले हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा उपमेयर चौधरीले चुक्ता गरेको कर्जाको पनि बीमा रकम हस्तान्तरण गरेकोमा शाखा तथा संस्थालाई धन्यवाद दिँदै गाउँ समाजको परिवेश अनुसार लघुवित्त सबल सक्षम र आवश्यकताको आधारमा कार्यक्रम गर्न सुझाव दिनुभएको थियो ।

IMG 20240202 WA0001

त्यस्तै कार्यक्रममा संस्थाका शाखा प्रमुख हेमराज बस्नेतले स्व.श्रेष्ठले लघुकर्जा लिँदा लघुबीमा गरिएकोले संस्थाको पहलमा एकै व्यक्तिलाई दुईवटा विमा दिन सफल भएको बताउनुभयो । साथै संस्थाको नीति नियम तथा सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।संस्थाले दुःखको समयमा सहयोग स्वरुप रकम उपलब्ध गराएकोमा परिवारले आभार व्यक्त गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%२%

प्रतिक्रिया दिनुहोस