२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

चोरमारामा बसले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

२०८० माघ १९, शुक्रबार प्रकाशित ( महिना अघि) ३५५९ पाठक संख्या

चोरमारा –  चोरमारामा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । ज्यान गुमाउनेमा मध्यविन्दु – १ पतवारी बस्ने बर्ष ४५ को बाबुराम महतो रहेका छन् ।

बिहीबार राति मध्यविन्दु नगरपालिका ७ कालिका चोक स्थित भित्री सडकमा उत्तरबाट दक्षिणतर्फ चोरमाराबाट धजाहातर्फ जाँदै गरेको बा.प्र–००३–००१ ख ४७६ नम्बरको बसले बिपरित दिशाबाट आँउदै गरेको ना ६५ प ३३१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दिँदा मोटरसाइकल चालक महतोको ज्यान गएको हो ।

घाईते दुवै जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा मोटरसाईकल चालक महतोलाई अस्पातालले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ । मोटरसाईकलको पछाडि सवार बर्ष ३५ की किसान कुमारी चौधरी गम्भीर घाईते हुनुभएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%४%१%३०%६%

प्रतिक्रिया दिनुहोस