२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

चोरमारामा सवारी दुर्घटना दुईजना गम्भीर घाइते

२०८० माघ १८, बिहिबार प्रकाशित ( महिना अघि) २००८ पाठक संख्या

चोरमारा । मध्यविन्दुको चोरमारामा सवारी दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।  मध्यविन्दु – ७ चोरमारामा बसले मोटरसाईकललाई ठक्कर दिंदा दुई जना गम्भीर घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज राति ९ बजे मध्यविन्दु – ७ स्थित कालिका चोक भित्री सडकमा उत्तरबाट दक्षिणतर्फ चोरमाराबाट धजाहातर्फ जाँदै गरेको बसले बिपरित दिशाबाट आँउदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाईकल चालक मध्यविन्दु – १ पतवारी बस्ने बर्ष ४५ को बाबुराम महतो र मोटर पछाडि सवार ३५ वर्षीय किसान कुमारी चौधरी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते दुवै जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । ठक्कर दिएको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%२८%५%

प्रतिक्रिया दिनुहोस