२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

वैवाहिक खर्चलाई कटौती गर्दै पत्रकारिता अक्षयकोष स्थापना

२०८० माघ १८, बिहिबार प्रकाशित ( महिना अघि) ४१० पाठक संख्या

मीना कंडेल
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा वैवाहिक खर्चलाई कटौती गर्दै स्वर्गीय बुबाको सम्झनामा पत्रकारिता अक्षयकोष स्थापना गरिएको छ ।

कावासोती नगरपालिका वडा नं २ बस्ने छोरा झपेन्द्रश्वर प्रसाद भुसाल तथा खिना भुसालले सामाजिक कामका लागि आफुलाई प्रेरित गर्ने गरेको सम्झनामा आफ्ना छोराको वैवाहिक खर्चलाई कटौती गर्दै बिहिबार कावासोतीमा एक कार्याक्रमको आयोजनाका साथ प्रजातन्त्रका सेनानी स्वर्गीय नेत्रप्रसाद भुसाल स्मृति पत्रकारिता पुरस्कार घोषणा गरि नेपाल पेस युनियन नवलपुर शाखालाइ चेक हस्तान्तरण गर्नु भएको छ ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भएको बताउनु भएको छ । विहिबार कावासोतीमा भएको प्रजातन्त्रका सेनानी स्वर्गीय नेत्रप्रसाद भुसाल स्मृति पत्रकारिता पुरस्कार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सो बताउनु भएको हो । कोइरालाले सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने बताउदै ’यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको जिकिर गर्नुभयो ।

सामाजिक रुपान्तरणमा आफुलाई स्थापित गराउन समाजमा एउटा मात्र राम्रो कार्य गरे पुग्ने विश्वास दिलाउदै भुसाल परिवारले गरेको कार्य उदाहरणी भएकाले आफुले बारम्बार भन्दै आएको सपना आफ्नै कार्यकालमा छिटो पुरा गर्ने प्रतिबद्धता दिनु भयो ।

नेपाल प्रेस युनियन नवलपुर शाखामा एक लाख को पत्रकारिता अक्षयकोष स्थापना गर्दै सामाजिक रुपान्तरणका लागि आफु स्वयमबाट सुरु गर्नुपर्छ भन्दै सहयोग गरेको झपेन्द्रश्वर भुषालले बताउनु भयो । सामाजिक रीतिरिवाज अनुसार माघ १७ गते छोराको विवाह गरेपश्चात विहिबार भोजभतेर नगरी अक्षयकोष स्थापना गरेको उहाँले बताउनु भयो ।
पछिल्लो समयमा विवाह खर्चिलो बन्दै गएकाले हुने खानेलाई मात्र नभइ सामान्य परिवारलाई पनि समाजमा विवाह गर्दा धेरै ऋण खोजेर भोजभतेर गर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई विस्तारै कम गर्दै जानका लागि प्रेरणा मिलोस र पत्रकारिताको मार्फत समाजमा योगदान पुयाउने पत्रकारलाई हौसला दिनका लागि भुसाल परिवारले अक्षयकोषको स्थापना गरेको बताउनुभयो ।

भुसालले स्थापना गरेको अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष राष्टिय वाणिज्य बैंकमा मुद्धति खातामा राखी वार्षिक आउने ब्याजको रकमबाट उत्कृष्ट हुने पत्रकारलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २५ प्रतिशत रकमबाट अक्षयकोषमा जम्मा गर्दै लैजाने नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटाले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस