२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको चुनावमा तीन प्यानलबीच प्रतिस्पर्धा

२०८० माघ १८, बिहिबार प्रकाशित ( महिना अघि) ४९२ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालिका वडा नं २ स्थित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचन शनिबार हुँदैछ । निर्वाचनमा तीन प्यानल निर्वाचनमा सहभागी छन् । राजनीतिक दलहरुले आआफ्नो समर्थनमा प्यानल नै खडा गरेर खानेपानीको निर्वाचनमा होमिएका हुन् ।

प्रतिस्पर्धी समूहलाई राजनैतिक नाम नदिएपनि खानेपानी संस्थाको नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरु राजनैतिक दलकै आडमा खडा भएका छन् । स्थानीय तहको निर्वाचनको झल्को दिने गरी नेकपा एमालेको एउटा प्यानल छ भने अर्को कांग्रेस सम्मिलित गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिव बाहेक अन्य पदमा प्यानलसहित उम्मेदवारी दिएको छ ।

कांग्रेस गठबन्धनले भने अध्यक्षमा नारायण पौडेललाई अघि सारेको छ । पौडेल मध्यविन्दु २ का पूर्व वडाअध्यक्ष समेत हुन् । उपाध्यक्षमा होम बहादुर थारु, सचिव बेद प्रसाद गुरौ थारु , महिला सदस्यमा तारा बगाले, धनमाया महतो थनेत, वडागत खुल्ला सदस्यमा तारादेवी सिग्देल बोहरा, कृष्णलाल चौधरी, झिनक बहादुर थारु थनेत रहेका छन् । त्यस्तै लेखा संयोजकमा भने लालबहादुर अधिकारी, लेखा सदस्यमा ओम प्रकाश पाठक, बसन्त राज गिरी रहेका छन् ।

त्यस्तै यसअघि कोल्हुवा खानेपानीमा सचिव पदको जिम्मेवारी सम्हालेकी सरस्वती पन्थी नेकपा एमालेको नेतृत्वमा अध्यक्ष पदको उम्मेदवारी दिएकी छन् । पन्थी नेतृत्वको प्यानलबाट उपाध्यक्षमा प्रेमलाल थारू, सचिवमा चित्र बहादुर जिसी, महिला सदस्यमा प्रभा गिरी, पुस्पा अधिकारी , वडागत खुल्ला सदस्यमा डिल्लीराम महतो, शिबराज घिमिरे ,युबकला महतो रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा मनोज पौडेल सदस्यमा निम प्रसाद पाठक र बिस्नु प्रसाद पोख्रेलको उमेदवारी रहेको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले ६ वटा पदमा आफ्नो उमेदवारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका जिल्ला संयोजक एवं मेडिकल व्यवसायी समेत रहेका कुम नारायण महतोलाई खानेपानीमा अघि सारेको हो । उपाध्यक्षमा खिमानन्द पुरी, खुल्ला सदस्य महिलामा प्रेम कुमारी थनेत, खुल्ला सदस्यमा रामलाल पुरी, पदमलाल थारु, लेखा संयोजकमा चन्द्र बहादुर खनालको उमेदवारी रहेको छ । कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वका लागी यहि माघ २० गते मतदान हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%३%१%३%

प्रतिक्रिया दिनुहोस