२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुल बसको ठक्करबाट ५ वर्षे बालकको मृत्यु

२०८० माघ १८, बिहिबार प्रकाशित ( महिना अघि) २०३५ पाठक संख्या

कावासोती । नवलपुरमा स्कूलबसको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । गैंडाकोटमा रहेको साईनिङ आवासिय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा ५ वर्षिय बालकको मृत्यु गएको हो ।

गैँडाकोट नगरपालिका वडा नं: ५ स्थित साईनिङ्ग बोडिङ स्कुलको ना १ क ३६६७ नम्बरको बसको ठक्करबाट गैँडाकोट ६ घर भएका ५ वर्षका वालक स्वस्थी बाचेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाईते बालकलाई भरतपुर सरकारी अस्पताल पठाईएको र त्यहाँबाट रिफर गरेर पुरानो मेडिकल कलेज पठाईएको थियो । घाईते बालकको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आफ्नो नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%६%२२%

प्रतिक्रिया दिनुहोस