२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा बसको ठक्करबाट पूर्व मन्त्री पौडेलको मृत्यु

२०८० माघ १७, बुधबार प्रकाशित ( महिना अघि) ३०९२ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको मृत्यु भएको छ ।

विहान साढे ११ वजे ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिदा चालक पौडेलको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

बस र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%४%३%४%३१%६%

प्रतिक्रिया दिनुहोस