२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको निर्वाचन: ३ जनाको उम्मेदवारी फिर्ता

२०८० माघ १६, मंगलबार प्रकाशित ( महिना अघि) १०९३ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन तालिका अनुसार गत सनिवार मनोनयन दर्ता भएको थियो । सोमबार उम्मेदवारहरुको दावी विरोध पछि संसोधित नामावली प्रकासन गरी आज दिउँसो ३ बजे सम्म फिर्ता लिने समय तोकिएको थियो ।

यो अवधीमा लेखा संयोजक डिल्लिराम थनेत, वडागत सदस्यमा दिनानाथ न्यौपाने, वडागत सदस्य वडा १ का भरत बहादुर कुवर छेत्रीले मनोनयन फिर्ता लिनु भएको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो ।

तिन बजे सम्म तीन जनाले उम्मेदवारी फिर्ता आएसँगै अन्तिम नामावली ४ बजे प्रकाशन गरिएको हो । आजै उनीहरुलाई चुनाव चिन्ह प्रदान गरीने छ ।

शनिवार विहान १० बजेदेखी अपरान्ह ४ बजे सम्म मतदान हुने निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनुभयो । अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा ३ जना, सचिवमा २ जनाको उम्मेदवारी परेको छ । अन्य सदस्यहरुको लागी १३ जनाको उम्मेदवारी रहेका छन्।

त्यस्तै लेखा समिती संयोजकमा भने डिल्लिराम थनेतले उम्मेदवारी फिर्ता लिगेसँगै ३ जनाको उम्मेदवारी यथावतै रहेको छ । लेखा समिति सदस्यमा भने ४ जना सदस्यको उम्मेदवारी रहेको छ । कोल्हुवा खानेपानी संस्थामा १ हजार ५ सय ३८ जना मतदाता रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%३%३%२%

प्रतिक्रिया दिनुहोस