२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

राइनो संरक्षण गोल्डकप माघ २७ गतेदेखिः विजेतालाई ८ लाख पुरस्कार

२०८० माघ १५, सोमबार प्रकाशित ( महिना अघि) ६०६ पाठक संख्या

मध्यविन्दु । नवलपुर जिल्ला कै प्रतिष्ठित राइनो संरक्षण गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी माघ २७ गते सनिवार देखी सुरु हुने भएको छ ।

राइनो क्लवको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो कप खेलमैदानमा हुनेछ । यहाँको सर्वाधिक पुरस्कार राशीको राइनो कप फुटबल प्रतियोगितामा ए डिभिजन, विभागीय र मोफसलका गरी १२ टिम सहभागी हुने आयोजक संस्थाका अध्यक्ष दोमन भण्डारीले जानकारी दिनुभयो ।

अध्यक्ष दोमन भण्डारीका अनुसार विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमले सहभागिता जनाउने छन्। प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख र द्वितीय टिमलाई ४ लाख रुपैयाँ नगद दिइने छ । स्थानीय राइनो क्लब आयोजक रहेको यो प्रतियोगिता विगत ६ वर्षदेखि सुचारु छ ।

“एक सिंगे गैंडा संरक्षणका लागि खेलकुदु भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताको मुख्य संरक्षक संस्था नन्दभाउजु मध्यवर्ती वन उपभोक्ता समिति रहेको छ । गैंडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकूद र पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%१%

प्रतिक्रिया दिनुहोस