२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नागरिकता बनाउने भन्दा पासपोर्ट बनाउने धेरै  

२०८० माघ १५, सोमबार प्रकाशित ( महिना अघि) ११७१ पाठक संख्या

कावासोती । नवलपुरमा नागरिकता बनाउने भन्दा राहदानी ( पासपोर्ट ) बनाउनेको सङ्ख्या धेरै देखिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधिमा साउन देखी पौष मसान्त सम्म ४ हजार ६८ जनाले नयाँ नागरिकता बनाएका छन् भने पासपोर्ट बनाउनेको सङ्ख्या दोब्बर ९ हजार १ सय ८९ पुगेको छ । पासपोर्टबाट मात्रै करिब ४ करोड ७७ लाख राजस्व संकलन भएको छ ।

नवलपुरबाट १८ जनाले गैरआवासीय नागरिकताको प्रमाणपत्र लिएका छन् । सरकारी व्यवस्था पछि पछिल्लो ३ महिनामा १८ जनाले यस्तो नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%३%१%४%१%

प्रतिक्रिया दिनुहोस