२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा बोलेरोले ठक्कर दिँदा बुवाको मृत्यु, छोरी गम्भीर

२०८० माघ १४, आईतबार प्रकाशित ( महिना अघि) ७९५ पाठक संख्या

चितवन । चितवनको भरतपुर महानगरपालिका- १६ शिबघाटमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते छन् । शनिबार साँझ भएको दुर्घटनामा बुवाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी हुन् ।

शरणपुरबाट नारायणगढ आउँदै गरेको बा प्र ०३-००१ च ११९७ नं: को बोलेरोले मोटरसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षीय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो ।

उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बोलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%८%१%

प्रतिक्रिया दिनुहोस