२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको अध्यक्षमा ३ जनाको उम्मेदवारी दर्ता

२०८० माघ १३, शनिबार प्रकाशित ( महिना अघि) १६१४ पाठक संख्या

कोल्हुवा । यही माघ २० गते हुन लागेको कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनका लागि ९ पदमा ३१ जनाले आज मनोनयन दर्ता गराएका छन् ।

संस्थाको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा उम्मेदवार दिनेमध्ये नारायण पौडेल, सरस्वती पन्थी, कुम नारायण महतो थारु रहेका छन् ।

जसमा उपाध्यक्षमा प्रेमलाल थारु, होमबहादुर थारु र खिमानन्द पुरीको उम्मेदवारी दर्ता रहेको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो । त्यस्तै सचिवमा भने चित्र बहादुर जि,सी,बेद प्रसाद गुरौ थारु रहेका छन्।

IMG 20240127 WA0005

दुई जना खुल्ला महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी दर्ता रहेको छ । खुल्ला सदस्य पदमा महिलातर्फ प्रभा गिरी , पुष्पा अधिकारी ,तारा बगाले,धनमाया महतो थनेत र प्रेम कुमारी थनेत महतोको उम्मेदवारी रहेको छ ।

त्यस्तै वडागत ३ जना खुल्ला सदस्यका लागी ३ वटा वडाबाट १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यका लागि उम्मेदवारी दिनेहरूमा डिल्ली राम महतो , भरत बहादुर कुँवर क्षेत्री, कृष्ण लाल चौधरी, शिवराज घिमिरे, तारा देवि सिग्देल बोहरा, पदम लाल थारु, युवकला महतो,भिनक बहादुर थारु थनेत, रामलाल पुरी र दिनानाथ न्यौपानेको उम्मेदवारी दर्ता रहेको छ ।

IMG 20240127 WA0008

त्यस्तै लेखा समितिको संयोजकको लागि भने चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये मनोज पौडेल, लाल बहादुर अधिकारी ,डिल्ली राम थनेत र चन्द्र बहादुर खनालले उम्मेदवारी दर्ता गराएका छन् । लेखा समिति सदस्यमा भने बिष्णु प्रसाद पोखेल , निम प्रसाद पाठक, ओम प्रकाश पाठक ,बसन्त राज गिरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभयो । झण्डै १७ सय ५० खानेपानी उपभोक्ता रहेको कोल्हुवा खानेपानीमा मतदान गर्ने १ हजार ५ सय ३८ जना सदस्य रहेका छन् ।

IMG 20240127 WA0004

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%१%२%२%१%

प्रतिक्रिया दिनुहोस