२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

बसन्तपुरमा बृहत्त सरसफाई सचेतना -र्याली

२०८० माघ १२, शुक्रबार प्रकाशित ( महिना अघि) ४९३ पाठक संख्या

मध्यविन्दु । नेपाल लोकसेवा माध्यामिक विद्यालय मध्यविन्दु–९ बसन्तपुरको आयोजनामा शुक्रबार बृहत्त सरसफाई कार्यक्रम तथा सचेतना ¥याली भएको छ ।

“हाम्रो फोहर, हाम्रो जिम्मेवारी”, “हाम्रो गाउँ टोल सधै सफा राखौं”, “म सफा गर्छु मेरो घर आगन”, “प्लाष्टिक जलाउनु भनेको क्यान्सर निम्त्याउनु हो”, “वातावरण संरक्षण मेरो प्रतिबद्धता” लगायतका सन्देश लेखिएको प्लेकार्ड बोकेर विद्यार्थीहरुले सचेतना ¥याली निकालेका हुन् ।

मध्यविन्दु ९ को वडा कार्यालय, विभिन्न सामुदायिक वन, टोल विकास संस्था, स्थानीय बाल क्लव समेतको सहभागितामा निकालिएको ¥याली विभिन्न चार समुहमा विभाजन गरिएको थियो । टोल अनुसारको टोलि बनाएर निकालिएको ¥यालीमा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, वडा अध्यक्ष मदन कुमाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रह्यो । ¥यालीमा सहभागीहरुले सचेतना मुलक सन्देश बाचन संगै फोहरहरु संकलन समेत गरेका थिए ।

¥याली पूर्व विद्यार्थी, अभिभावक र सहभागीहरुलाई सम्बोधन गर्दै नगर प्रमुख भिमलाल अधिकारीले सुन्दर र सफा मध्यविन्दु निर्माणको लागि सबै लाग्नु पर्ने बताउनुभयो । मध्यविन्दु नगरपालिकाले सञ्चालन गरेको वातावरण प्रदुषण न्यूनिकरण, फोहर मैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम मार्फत कुहिने र नकुहिने फोहरको व्यवस्थापन भइरहेको उहाँले उल्लेख गर्नुभयो । वातावरणको संरक्षण नहुदाँ भोलिको पुस्ताको लागि पृथ्वी र मानव सभ्यता नै संकटमा पर्न सक्ने खतरा रहेको उहाँले बताउनुभयो ।

मध्यविन्दु ९ का वडा अध्यक्ष मदन कुमालले मध्यविन्दु ९ लाई पूर्ण सरसफाई वडा निर्माण गर्ने अभियानको रुपमा कार्यक्रमको शुभारम्भ भएको भन्दै अब फोहरको व्यवस्थापनमा सबै जिम्मेवार बन्न अनुरोध गर्नुभयो । नेपाल लोकसेवा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर रायमाझीले विगतमा पनि फोहर व्यवस्थापनको लागि विद्यालयको तर्फबाट पहल भएको भन्दै अबको दिनमा कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।

मध्यविन्दु नगरपालिकासंगको समेत समन्वयमा सरोकारवालाहरु सहभागितामा भएको ¥यालीले विद्यार्थी, अभिभावक, स्थानीय समुदायमा फोहर व्यवस्थापन र वातावरण प्रदुषण नियन्त्रणमा टेवा पुगेको विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस