२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

विकासका काममा आफैँ खटिन्छन् : नगर प्रमुख अधिकारी

२०८० माघ १२, शुक्रबार प्रकाशित ( महिना अघि) १२१९ पाठक संख्या

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विकास निर्माणका कामलाई प्राथमिकता दिनुभएको छ ।

मध्यबिन्दु नगरपालिका – १४ नम्बर वडाका लागि नगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १८ लाख रुपैयाँ बिनियोजन गरेर रातामाटा– द्वारी मोटरबाटो स्तरोन्नति तथा कच्चीनाला निर्माण कार्यलाई प्राथमिकता दिएको हो ।

FB_IMG_1706217338136

मध्यबिन्दुमा अन्य वडाहरू भन्दा विकट र ग्रामिण क्षेत्रमा पर्ने वार्ड नं १४ लाई प्राथमिकतामा राखेर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट छुट्याइएको नगर प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

रातामाटा– द्वारी मोटरबाटो स्तरोन्नति तथा कच्ची नाला निर्माणको काम शुरु गर्न मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, वडा अध्यक्ष मीन बहादुर दर्लामी सहितको टोली पुगेको थियो । स्थानीयलाई हौसला प्रदान गर्न र राम्रो कामको प्रोत्साहित गर्न उक्त टोली पुगेको हो ।

FB_IMG_1706217318782

मध्यविन्दुमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जम्मा पूँजीगत बजेट ४२ लाख ११ हजार रहेकोमा हालसम्म २७ लाख ६५ हजार रुपैयाँ बराबरको काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%९%७%१%१%

प्रतिक्रिया दिनुहोस