२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोती – १७ अमलटारीमा सामुदायिक होमस्टे संचालन

२०८० माघ १२, शुक्रबार प्रकाशित ( महिना अघि) ८७२ पाठक संख्या

मध्यविन्दु । नवलपुरको कावासोती नगरपालिका १७ स्थित अमलटारीमा सामुदायिक होमस्टे ( घरवास ) संचालनमा ल्याइएको छ ।

पर्यटन मार्फत ग्रामिण अर्थतन्त्रको विकास र स्थानीय वासीलाई रोजगार सृजना गर्ने उद्देश्यले सामुदायिक होमस्टे संचालनमा ल्याइएको हो ।

थारु, कुमाल, मगर लागायत स्थानीय जातजातीको परम्परागत शैलीको होमस्टे २०७६ सालबाट नै सन्चालन गर्ने तयारी भएपनी कोरोना भाईरस संक्रमणका कारण पूर्णरुपमा सन्चालन आउन सकेको थिएन्न ।

सामुदायिक होमस्टेको बिहीबार होमस्टे एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनियाले एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा केन्द्रिय अध्यक्ष मर्दनियाले मौलिक पहिचान जगेर्ना गर्दै स्थानीयको आय आर्जनमा टेवा पुर्याउन होमस्टे प्रभाबकारी हुने विश्वास व्यक्त गरे ।

उक्त होमस्टेमा थारु, मगर, कुमाल र घर्ती जातिको मौलिक पहिचान, परिकारको साथै नारायणी नदिमा डुङ्गा सयर, जङल सफारी लगाय सुविधा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%२%१%

प्रतिक्रिया दिनुहोस