२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकल दुर्घटना: एकजना गम्भीर घाइते

२०८० माघ ११, बिहिबार प्रकाशित ( महिना अघि) १८७२ पाठक संख्या

मध्यविन्दु । नवलपुरमा मोटरसाइकल दुर्घटना भएको छ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

विनयी त्रिवेणी गाउँपालिका ४ पाखापानी स्थित भित्री सडक खण्डमा चुकाहाबाट बगैचातर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट १ जना  महिला गम्भीर घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी विनयी त्रिवेणी ४ नयाँ गाउँ बस्ने ६० बर्षीय ज्ञानकुमारी ढेंगा गम्भीर घाइते भएकी छन् । उनको उपचारका लागि चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%१%११%२%

प्रतिक्रिया दिनुहोस