२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पुलबाट खसेर एक पुरुषको मृत्यु

२०८० माघ १०, बुधबार प्रकाशित ( महिना अघि) २८३२ पाठक संख्या

कावासोती । नवलपुरमा त्रिवेणी ब्यारेज पुलबाट खसी एक पुरुषको मृत्यु भएको छ ।

मङ्गलबार साँझ पख त्रिवेणी ब्यारेज पुलबाट खसेर चितवन भरतपुर महानगरपालिका ८ स्थायि घर भएका ४५ वर्षीय कृष्ण दराई मादक पदार्थ सेवन गरी हिड्दै गर्दा अचानक  पुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गोपाल चालिसे बताउनुभयो ।

दराईलाई सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाट पठाइएको थियो  । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिनयी त्रिवेणी गाउँपालिका वार्ड नं ७ ब्यारेजपुल स्थित २४ नम्बर ढोकाबाट उनी लडेरका थिए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%८%२%

प्रतिक्रिया दिनुहोस