२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुटरको ठक्करबाट पैदल यात्री गुरूङको मृत्यु

२०८० माघ ९, मंगलबार प्रकाशित ( महिना अघि) ३१९३ पाठक संख्या

मध्यविन्दु । नवलपुरको गैडाकोटमा स्कुटरले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

गैडाकोट नगरपालिका–१५ मुक्तिनाथ टोलस्थित भित्री सडकमा भएको दुर्घटनामा सोही स्थान बस्ने ७८ वर्षका होम बहादुर गुरूङको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

स्कुटीको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%३%४%३%२३%७%

प्रतिक्रिया दिनुहोस