२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको चुनावी कार्यतालिका सार्वजनिक

२०८० माघ ८, सोमबार प्रकाशित ( महिना अघि) ३५९ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले सनिवार कार्य तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार मतदाताको सूची प्रकाशन माघ ७ गते दिउँसो ३ बजे, प्रकाशित मतदाता नामावली उपर दाबी विरोध माघ ८ गते दिउँसो ०४ बजे सम्म राखिएको छ ।

यसैगरी अन्तिम नामावली प्रकाशन ८ गते बेलुका ४:३० बजे गर्ने भएको छ । उम्मेदवारको मनोनयन दर्ता १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म राखिएको छ भने ४:३० बजे सूची प्रकाशन गर्ने जनाएको छ । १४ गते उम्मेदवारको नामावली उपर दावी बिरोध र १७ गते भने उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ४:३० बजे गरिने जनाएको छ ।

निर्वाचन २० गते कोल्हुवा खानेपानी संस्थाको परिसरमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत गणेश सापकोटाद्धारा जारी गरिएको तालिकामा उल्लेख गरिएको छ ।

१ हजार ५ सय ४० मतदाता संख्या रहेको संस्थामा ५ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिने छ । सो अवसरमा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष सुभाष चन्द नेपालले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल र सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ ।

भोट हाल्न आउने मतदाताले नागरिकता वा सरकारी कार्यालयबाट जारी भएको नागरिकता नम्बर खुल्ने परिचयपत्र र खानेपानी कार्यालयले उपलब्ध गराएको कार्ड अनिवार्य ल्याउनु पर्ने निर्वाचन समितिले जनाएको छ । त्यसैगरी अशक्त मतदाताको हकमा मतदाताको लागि सहयोगी लिएर आउँदा एकाघरको सदस्य रहेको प्रमाण खुल्ने परिचयपत्र हुनुपर्ने व्यवस्था गरिएको छ । २०६० सालमा स्थापना भएको कोल्हुवा खानेपानी संस्थाको पहिलो निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति आउने भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%१%

प्रतिक्रिया दिनुहोस