२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीमा सम्पुर्ण शैक्षिक संस्थाहरूमा ३ दिन बिदा

२०८० माघ ८, सोमबार प्रकाशित ( महिना अघि) ५२८ पाठक संख्या

कावासोती । जाडो बढ्दै गएपछि नवलपुरका पालिकाले विद्यालयमा बिदा दिन थालेका छन् ।

अत्यधिक जाडो बढेको भन्दै देवचुली नगरपालिकाले माघ ८ देखि १० गतेसम्म थप ३ दिन विद्यालयमा जाडो बिदा दिएको छ । सामुदायिक विद्यालयहरुमा पुस २७ देखि माघ ७ गतेसम्म बिदा दिइसकेको थियो । चाडो अत्याधिक बढेसँगै थप तीन दिन जाडो बिदा पालिकाले बढाएको छ ।

नगर उपप्रमुख पार्वता तिवारीद्वारा जारी सूचनामा अत्याधिक जाडो बढ्दै गएको हुनाले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै माघ ८ गतेदेखि माघ १० गतेसम्म नगरपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो बिदा दिइएको जनाइएको छ ।

त्यस्तै कावासोती नगरपालिकाले पनि आजदेखि १० गतेसम्म तीन दिन बिधालयमा जाडो बिदा थप गरेको छ । अत्यधिक चिसो बढेपछी बिशेष जाडो बिदा दिने निर्णय गरिएको कावासोती नगरपालिकाले जनाएको छ ।

नवलपुरमा जाडो बढेका कारण जनजीवन प्रभावित बनेको छ ।बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%

प्रतिक्रिया दिनुहोस