२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या

२०८० माघ ७, आईतबार प्रकाशित ( महिना अघि) २७६१ पाठक संख्या

कावासोती । नवलपुरमा कोदालो र खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कमा आज राति १ बजे श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेका हुन् ।

स्थानीय ३३ वर्षीय शेर बहादुर लम्का मगरले आफ्नी ३४ वर्षकी श्रीमती चनिसरा लम्का मगरलाई संगै सुतिरहेको अवस्थामा कोदालो र खुर्पाले प्रहार गर्दा घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

उनीसँगै श्रीमतीलाई प्रहार गरेको कोदालो, खुर्पा पनि प्रहरीले बरामद गरेको छ । श्रीमानले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%१%३१%४%

प्रतिक्रिया दिनुहोस