२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा रामको नयाँ मुर्ति प्राणप्रतिष्ठाको दिन दीप प्रज्वलन तथा भजन कृतन गरिने  

२०८० माघ ६, शनिबार प्रकाशित ( महिना अघि) ५३२ पाठक संख्या

कोल्हुवा । भारतको अयोध्यास्थित नवनिर्मित भगवान् श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारि कोल्हुवामा पनि धार्मिक कार्यक्रम हुने भएको छ ।  मध्यविन्दु – २ वडा कार्यलय प्राङणमा दीप प्रज्लन तथा भजन कृतन कार्यक्रम भव्यरूपमा गरिने वडा अध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

भगवान रामको नयाँ स्वरुपको प्राण प्रतिष्ठाप्रति एक्यवद्धता जनाउनका लागी धार्मीक संघ संस्था तथा भजन कृतन समुहहरु सबै मिलिजुलि कार्यक्रम गर्न लागेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भारतमा आगामी जवनरी २२ अर्थात यहि माघ ८ गते सोमबार भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदैछ ।

भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान् रामको जन्मभूमि हो । त्रेतायुगमा भगवान् राम र मिथिलाका राजा जनकपुत्री सीताबीच विवाह भएको थियो । त्यसैले माता सीताको जन्मभूमिमा भव्यताका साथ प्राणप्रतिष्ठाका दिन खुशियालीमा दीप प्रज्वलन र सीताराम नामको भजन गर्न लागेको कार्यक्रमका प्रचार प्रचार संयोजक मुक्ति प्रसाद पराजुलीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%४%२%

प्रतिक्रिया दिनुहोस