२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

२०८० माघ ४, बिहिबार प्रकाशित ( महिना अघि) १६४६ पाठक संख्या

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका – १ मोचाडाँडा स्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

गैंडाकोटबाट डेढगाउँ जाने कालीगण्डकी सडक खण्ड अन्तर्गतको तरंगा खेला नजिक बिहीबार साँझ ट्र्याक्टर पल्टिँदा स्थानीय चन्द्रबहादुर दर्लामी मगरको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

मृतक दर्लामीको शव पोस्टमार्टमका लागी जिल्ला सरकारी अस्पताल चितवन पठाएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा धनबहादुर नेपाली र मिनबहादुर सार्की घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%१%८%२%

प्रतिक्रिया दिनुहोस