२०८३ बैशाख २४, बिहिबार
नयाँ
पछिला अपडेट

अमलटारी- नन्दपुर: नारायणी नदीमा कायाकिङको सफल परीक्षण

२०८० माघ ४, बिहिबार प्रकाशित ( साल अघि) ११६० पाठक संख्या

मध्यविन्दु । नारायणी नदीमा कायाकिङको सफल परीक्षण भएको छ। बिहीबार नवलपुरको अमलटारीबाट नन्दपुरसम्म गरिएको परीक्षण दौड सफल भएको हो ।

एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल विधामा पर्छ । खेलमा सहभागी खेलाडीले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिन्छ।

तीन जना खेलाडीहरुद्वारा नारायणी नदीमा गरिएको परीक्षणपछि खेलका लागि उक्त स्थान उपयुक्त भएको खेलाडीहरुबाट जानकारी आएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले बताउनुभयो ।

कायाकिङको परीक्षण सफल भएसँगै प्रदेश खेलकुद परिषदद्वारा नवलपुरमा माघ महिनाभित्र प्रतियोगिता संचालनका लागि तयारी गरिने उहाँले जानकारी दिनुभयो ।

आज भएको कायाकिङको परीक्षणमा गण्डकी प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख टोपलाल भुसाल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव शीर्धर शर्मा,कार्यक्रम संयोजक वसन्त दवाडी, मुख्य प्रशिक्षक निम मगर, चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि, मध्यवर्ती वनका प्रतिनिधि, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%३%१%१%

प्रतिक्रिया दिनुहोस