२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

स्थानीय आर्थिक विकास कार्यक्रममा नवलपुरबाट मध्यविन्दुमात्रै छनोट

२०८० माघ ४, बिहिबार प्रकाशित ( महिना अघि) ३६९ पाठक संख्या

चोरमारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा स्थानीय तह छनोट भएका छन् ।

नवलपुरबाट मध्यविन्दु नगरपालिका मात्रै छनोटमा परेको हो । गण्डकी प्रदेशका ११ वटा स्थानीय तह छनोट भएका छन् । छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइने छ । मध्यविन्दु नगरपालिकाले पालिकामा सो रकम खर्चने छ ।

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

जसमा कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले दिनुभयो । उहाँका अनुसार निवेदन दिएका २४२ वटा स्थानीय तह मध्ये कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस