२०८१ जेष्ठ ३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आगो ताप्ने क्रममा एक वृद्धा घाइते

२०८० माघ ३, बुधबार प्रकाशित ( महिना अघि) १८०७ पाठक संख्या

कावासोती । नवलपुरमा आगो ताप्ने क्रममा एक वृद्धा घाइते हुनुभएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर २ श्रीनगर टोल बस्ने ८० वर्षीया गंगादेबी पौडेल घाइते हुनुभएको हो ।

बिहान करिब ९ बजे आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्कन जाँदा उहाँ घाइते हुनुभएको हो ।

उहाँको बाँया हात खुट्टा र कोखमा गरी ३० प्रतिशत जलेको भरतपुर अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।

घाईते पौडेलको अहिले पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारमा आफन्त संलग्न रहेको जनाउँदै उहाँले घटनाको अनुसन्धान समेत भईरहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%१०%१%

प्रतिक्रिया दिनुहोस