२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

देवचुलीमा बस दुर्घटना, ४ यात्रु घाइते

२०८० माघ २, मंगलबार प्रकाशित ( महिना अघि) २२४९ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा बस दुर्घटना भएको छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल- नारायणगढ खण्डको दल्दलेमा आज बिहान बस पल्टिँदा ४ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ४० यात्रु बोकेर नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ४१२८ नम्बरको बस आज बिहान ५ बजे देवचुली नगरपालिकाको दलदले बजार नजिक राजमार्गमा पल्टिएको हो ।

घाइते हुनेहरुमा जलेश्वर नगरपालिका वडा नं: १  शनि पाण्डे, विदुर नगरपालिका वडा नं: ३ की कृतिका शाही, जुम्ला घर भएकी २३ बर्षिया अनिता नेपाली र बारबर्दिया नगरपालिका ५ घर भएका ३० वर्षका सुदिप केसी रहेका छन् ।

बसका चालक निदाएका कारण बस पल्टिएको अनुमान प्रहरीले गरेको छ । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२०%२%

प्रतिक्रिया दिनुहोस