२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा पाँच लाख भक्तजन

२०८० माघ १, सोमबार प्रकाशित ( महिना अघि) ३६१ पाठक संख्या

नवलपुर । माघेसङ्क्रान्ति मेला भर्न तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजन आएका छन् ।

देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए ।

बरालले भने, “देवघाटमा हिजो बेलुकादेखि नै भक्तजनको आगमन भएको थियो । आज बिहानैदेखि झन् भीड बढ्यो ।

हाम्रो लक्ष्यबमोजिमको उपस्थिति भएको अनुमान छ ।” मेलालाई सभ्यरुपमा सम्पन्न गराउनका लागि शान्तिसुरक्षाको प्रबन्ध मजबुद बनाइएकाले पनि कुनै घटना नभएको उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस