२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा माघी खिचरी उत्सव, हर्ष उल्लास

२०८० माघ १, सोमबार प्रकाशित ( महिना अघि) १२४६ पाठक संख्या

कावासोती । हर्ष उल्लासको पर्व माघीको अवसर पारेर पूर्वी नवलपरासीमा  खिचरी उत्सव लागेको छ ।

नवलपुर पर्यटन समितिको आयोजनामा संंचालित पाँचौँ नवलपुर खिचरी उत्सवमा दर्शकहरूको बाक्लो  उपस्थिति रहेको छ ।

माछा,चिचर र घोगी लगायत थारु भान्साका परिकार, स्थानीय मध्यवर्ती वनमा जिप सफारी, विविध सांस्कृतिक कार्यक्रमले उत्सवलाई भव्य बनाएको छ ।

पुस २७ देखि कावासोती १० चिलाहा रतवलमा सञ्चालित महोत्सव माघ २ गते सम्म चल्ने आयोजक समितिले जनाएको छ । यसै गरी  पूर्वी नवलपरासीको पिप्रहरमा पनि ३ दिने माघी मेला लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%१%

प्रतिक्रिया दिनुहोस