२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नन्दपुरमा माघी मेलाको तयारी हुदै, प्रचार प्रसारको लागि मेला आयोजना

२०८० पौष २८, शनिबार प्रकाशित ( महिना अघि) १०६३ पाठक संख्या

मध्यविन्दु । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं २ नन्दपुरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र श्री हरिहर शिवालय धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

संक्रान्तिको अवसर पारेर सञ्चालन हुन लागेको माघी मेला धर्म संरक्षण भजन किर्तन समूह र मध्यविन्दु – २ वडा कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको छ । नन्दपुरमा हुने मेलाको माध्यमबाट धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो ।

धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेला आयोजना गरिएको वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनुभयो । शिवालय धामलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष लाग्नु पर्ने वडा अध्यक्ष अधिकारीले बताउनु भयो ।

स्नान गरेर सँगै पूजापाठ गरी मेलाको अवलोकन गर्दै थारु समुदायका परिकार र कला संस्कृती र मौलिकता झल्काउने भेष भुसा र ,भजन किर्तन प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

यस क्षेत्रमा नारायणी नदिको स्नान गर्न कोल्हुवा, पतवारी , चोरमारा , बसन्तपुर, हुप्सिकोट, कावासोती लगायतका भक्तजनहरु आउने गर्छन् र माघ १ गतेका दिन बिहानै देखि दर्शालु भक्तजनको घुइँचो लाग्ने गर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२६%८%२%३%

प्रतिक्रिया दिनुहोस