२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीको ममता मृत्यु प्रकरण: दुर्घटना पछि प्रहरी नै फरार

२०८० पौष २८, शनिबार प्रकाशित ( महिना अघि) ९२१९ पाठक संख्या

कावासोती  । भक्तपुरको सूर्यविनायक नगरपालिका – ९ फन्डभ्याली नजिकै गत बुधबार बुलेट मोटरसाइकले थिचिएको अवस्थामा एक युवती मृत फेला परेकी थिइन्। साँगाबाट जगातीतर्फ बाटोमा हाइवेबाट करिब ३० फिट तल खसेको प्रदेश २-०३-०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले ती युवतीलाई थिचेको थियो।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थल पुगेको थियो। त्यहाँ पुग्दा नवलपरासीको कावासोती घर भई काठमाडौंको कोटेश्वर बस्ने २२ वर्षीया ममता चुवाईको मृत्यु भएको खुलेको थियो। मंगलबार राति नै दुर्घटनामा परेको र बाइकले थिचिएका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरी खुलेर बोलेको छैन। घटनामा प्रहरीकै संलग्नता देखिएपछि खुलेर बोल्न नसकेको मृतक युवतीको परिवारले आरोप लगाएका छन्।

बुलेट बाइक कालिमाटीमा दरबन्दी रहेका ट्राफिक प्रहरी निकेश कुमार झाले चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भक्तपुर प्रहरी परिसरका प्रवक्ता वसन्त पाठकले दुर्घटनामा झा घाइते भएको बताए। बाइक ट्राफिक प्रहरीमा कार्यरत सर्लाहीका निकेश कुमार झाले चलाएको भन्ने छ। अहिलेसम्म दुर्घटनाबाटै मृत्यु भएको खबर पाएका छौं। यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ, प्रवक्ता पाठकले भने।

यता मृतकका परिवारले हत्या गर्ने हिसाबले दुर्घटना गराएको आरपो लगाएका छन्। दुर्घटनामा परेपछि मृतक युवतीको किन उद्धार नगरिएको प्रश्न पीडित परिवारको छ। जबकि प्रहरी झाले साथीलाई बोलाएर आफू अस्पताल पुगेको पीडित पक्षको आरोप छ। दुर्घटना भएपछि सबैको उद्धार गरिन्छ। तर यहाँ त ज्यान लिनेगरी दुर्घटना गराएर चालक प्रहरी नै फरार बनेका छन्। यसलाई हत्या नभनेर के भन्ने, ममताका बुबा खुमप्रसाद चुवाईले भने।

उनले छोरीको हत्या गरिएको भन्दै प्रहरीमा जाहेरी दिने बताए। जाहेरी परेपछि विस्तृत अनुसन्धान हुने भक्तपुर प्रहरी परिसरका प्रवक्ता पाठकको भनाइ छ। पीडित परिवारलाई हामीले नै जाहेरी दिन भनेका छौं। उहाँहरूले जाहेरी दिएपछि विस्तृत अनुसन्धान अगाडि बढ्छ, उनले भने। अस्पतालमा उपचाररत भनिएका निकेशसँग पनि सोधपुछ गरिने उनले बताए । दुर्घटनालगत्तै उनी (निकेश) अस्पताललमा उपचार गराइरहेका छन्। फ्याक्चर भएर शल्यक्रिया नै गर्नुपर्ने भनिएको छ। विस्तृत कुरा छानबिन हुन्छ,प्रवक्ता पाठकले भने। यो समाचार अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%२%१६%३%३९%१७%

प्रतिक्रिया दिनुहोस