२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

राप्ती पुलबाट बस खस्दा ५ जनाको मृत्यु

२०८० पौष २८, शनिबार प्रकाशित ( महिना अघि) ३७८ पाठक संख्या

नवलपुर  । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङमा राप्ती नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजेसम्ममा ५ जनाको मृत्यु र २५ जना घाइतेको उद्धार भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्वल सिंहले बताए ।

मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको उनले बताए । नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए । उनका अनुसार बसमा ३५ यात्रु सवार थिए ।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमै बस पुलको दाँयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको थियो । दुर्घटनाको कारण थाहा हुन नसकेको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस