२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोती: आकर्षंक केन्द्र बन्न सक्ने टरुवा ताल

२०८० पौष २८, शनिबार प्रकाशित ( महिना अघि) १०१७ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेको छ। ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै संकटमा परेको हो।

कावासोती नगरपालिका ७ र ८ वडामा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ। हालको बजार क्षेत्र मानिने कावासोती २, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा  खानेपानी उपलब्ध नहुँदा टरुवा तालको  पानी उपयोगमा ल्याएर स्थानीयवासीले आवश्यकता परिपूर्ति गर्दथे।

सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर बनाउन समेत प्रयोग गर्ने गर्दथे। टरुवा ताल भएकै कारण पानी उपलब्ध भएकाले नै हालको कावासोती बजार विकसित भएको भन्ने धारणा रहिआएको छ। यसकारण पनि ताललाई ऐतिहासिक तालको संज्ञा दिने गरिएको हो।

सदरमुकाम कावासोती टरुवामा रहेका वनदेवी तालमा कमलका फूलहरु फुल्ने गरेका छन् । त्यससँगै आन्तरिक पर्यटकहरुको संख्या विस्तारै बढ्दै जान थाले पनि ताल संरक्षणको अभावमा अपेक्षित रुपमा पर्यटकहरु भित्र्याउन नसकिएको स्थानीय मनिराम महतो बताउँछन् ।

कमलका फूलहरु फुल्ने यस तालको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि त्यसको पूरा उपयोग नभएको स्थानीयले बताउँछन् । स्थानीय जनप्रतिनिधि एवं नगरपालिकाले तालको महत्वअनुसारको चासो नदिएको स्थानीयहरुले गुनासो गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%२%

प्रतिक्रिया दिनुहोस