२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

२०८० पौष २८, शनिबार प्रकाशित ( महिना अघि) २८३ पाठक संख्या

मध्यविन्दु । कोल्हुवा खानेपानी बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष अनन्त राम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कोल्हुवाको नाम र पहिचान राख्ने एकमात्र यस संस्था भएको बताउँदै संस्थाको उद्देश्य र योजनाबारे स्मरण गराउँदै संस्थाको उन्नति र प्रगतिको कामना गर्नुभएको थियो। संस्था स्थापना गर्दाका योजना मिनिलर वाट्रर ,टपरी उद्योग, अदुवा तथा बेसार प्रशोधन केन्द्र निमार्ण लगाएतका विषयमा संस्था एकरूपता भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

कर्यक्रममा बोल्ने बक्ताहरुले संस्था पहिलो वर्ष रहेकाले जुन उदेश्यका साथ स्थापना भएको संस्था हो त्यस तर्फ मुर्त रुप दिन सर्फलताको शुभकामना दिएका थिए ।

कर्यक्रममा वडा नं १ का वडा अध्यक्ष तिलकराम न्यौपाने,२ का रामभक्त अधिकारी,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी , सेयर सदस्य र स्थानीयहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

संस्थाका प्रगति तथा भावि योजना बारे संस्थाका अध्यक्ष अनन्त राम भुषलले प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक खगराज न्यौपानेले लेखा प्रतिवेदन र संस्थाको कोषाध्यक्ष विमला कुमारी कुवरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । संस्थाका उपाध्यक्ष गुणराज उपाध्यायले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन सचिव रोम बहादुर बोहोराले गर्नु भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस