२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अवैध उत्खनन गर्ने ३ साधन प्रहरीको नियन्त्रणमा

२०८० पौष २७, शुक्रबार प्रकाशित ( महिना अघि) १६९० पाठक संख्या

कावासोती । अवैधरुपमा नदिजन्य वस्तु उत्खनन गरिरहेका ३ वटा साधनलाई आज प्रहरीले नियन्त्रणमा लिइएको छ ।

नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ४ सिद्रे खोलामा अवैद्य रुपमा उत्खनन गर्दै गर्दा तीन वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार खोलाबाट अवैद्य रुपमा माटो निकालिरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले ना ७ ख १९७० , लु २ ख ४७५४ र ना ७ ख ४३०५ नम्बरको टिपर नियन्त्रणमा लिएको हो।

उक्त माटो पिआर कन्ट्रक्सनले होङसी सिमेन्ट उद्योगलाई सप्लाइ गरिरहेको प्रहरी नायब उपरीक्षक साजन शर्माले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका टिप्परलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ । शर्माले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%२%४%

प्रतिक्रिया दिनुहोस