२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा लागूऔषध सहित एकजना पक्राउ

२०८० पौष २७, शुक्रबार प्रकाशित ( महिना अघि) १७४८ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दुबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

मध्यबिन्दु नगरपालिका – १४ कोलटाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित रूपन्देही तिलोत्तमा नगरपालिका – २ बस्ने २८ वर्षीय रवि सोम मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको  ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौं तर्फ जाँदै गरेको लु: २ ख ६५७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%२%१%

प्रतिक्रिया दिनुहोस