२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

रिटर्नी कृषि तथा पशुपालन कम्पनीले माघ ४ गते स्थापना दिवस मनाउने

२०८० पौष २६, बिहिबार प्रकाशित ( महिना अघि) ४५७ पाठक संख्या

कावासोती । रिटर्नी कृषि तथा पशुपालन कम्पनीले आगामी माघ ४ गते स्थापना दिवस मनाउने भएको छ । रिटर्नी कृषिले चोथौ स्थापना दिवस मनाउन लागेको हो ।

प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरुको पहलमा स्थापना भएको रिटर्नी कृषि तथा पशुपालन कम्पनीले माघ ४ गते बिहिबार दिन स्थापना दिवस मनाउने अध्यक्ष थनेतले जानकारी दिनुभयो ।

नवलपुर जिल्लाको कावासोती नगरपालिका वार्ड नं १४ अग्यौलीमा आयोजना हुने कार्यक्रममा संघ र प्रदेशदेखि जिल्लाका राजनीतिक दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि प्रमुख जिल्ला अधिकारी लगायत रिटर्नी युवाहरूको उपस्थितिमा चियापान कार्यक्रम हुने सञ्चालक समितिका सदस्य तथा मार्केटिङ अफिसर रेशम खत्रीले जानकारी दिनुभयो ।

३ सय ५० युवाको सामूहिक लगानी रहेको चिस्यान केन्द्रको ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान निर्माणकै चरणमा रहेको छ । भने एउटा कृषिमाट सञ्चालनमा आइरहेको छ । कावासोती, मध्यबिन्दु र हुप्सेकोट गाउँपालिका तरकारी, दूध र बाख्रा पालनको पकेट क्षेत्र हुन् । यहाँ उत्पादित आर्गेनिक तरकारी र फलफूल राख्न मिल्ने गरी चिस्यान केन्द्र निर्माणको काम अघि बढाइएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस