२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सवारी दुर्घटना: एक युवकको मृत्यु, महिला घाइते

२०८० पौष २५, बुधबार प्रकाशित ( महिना अघि) ३२६३ पाठक संख्या

कावासोती । कार र मोटरसाइकल ठोक्किँदा नवलपुरको कावासोतीमा आज एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्की एक महिला घाइते भएकी छिन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ जाँदै गरेको बा १- ०२९ च ०२४८ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल खरकट्टा जंगलमा ठोक्किँदा मोटरसाइकल चालक हुप्सेकोट निवासी ४१ वर्षीय धनबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

घाइते सार्कीको उपचारको क्रममा जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार विनु गुरुङ सख्त घाइते भएकी छन् । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । कार चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%३%७%१%४५%३%

प्रतिक्रिया दिनुहोस