२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

२०८० पौष २५, बुधबार प्रकाशित ( महिना अघि) २३०० पाठक संख्या

कावासोती  । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिकामा सवारीसाधन दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका वडा नं: ४ कास्की घर भएका २२ वर्षका बल बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं: १२ हर्कपुर स्थित राजमार्गमा पश्चिमबाट पूर्व जान आउदै गरेको ना ६ ख ६०१३ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको ना ६५ प ६७८९ नम्बरको  मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मध्यान्न साढे १२:०० बजे ट्रकको ठक्करबाट गम्भिर घाइते भएका शाहीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउसो १:१० बजे ज्यान गएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%२१%२%

प्रतिक्रिया दिनुहोस