२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको चोरमारा टाँडीमा निःशुल्क स्वास्थ्य शिविर

२०८० पौष २४, मंगलबार प्रकाशित ( महिना अघि) ३७४ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा भएको स्वास्थ्य शिविरबाट १ सय ३८ जनाले स्वस्थ लाभ लिएका छन् ।

मध्यविन्दु वडा नं ७ चोरमारा टाँडीमा भएको ३ दिने निःशुल्क स्वास्थ परिक्षण आजबाट सुरु भएको छ । आज एक औपचारीक कार्यक्रम पश्चात् सुरु भएको स्वस्थ शिविरको पहिलो दिन १ सय ३८ जनाले स्वास्थ परिक्षण गराएका हुन् ।

निम नेपालको आयोजना तथा मध्यविन्दु नगरपालीकाको समन्यवमा शिविर सञ्चालन भएको थियो । शिविरमा पाठेघरको मुखको प्रारम्भिक चरणको क्यानसर पत्ता लगाउने , पाठेघरको जाँच संगै बरिष्ठ चिकित्सकहरुले परामर्श दिदै निशुल्क औषधी सम्मेत उपलब्ध गराएका थिए।

FB_IMG_1704821554426

तिन दिन सम्म सञ्चालन हुने शिविरलाई औपचारीक रुपमा नगर प्रमुख भिमलाल अधिकारीले व्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उत्घाटन गर्नुभएको थियोे। कार्यक्रममा बोल्दै उहाँले यसरी शिविर सञ्चालनमा ल्याएर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

हाम्रो समाजले राम्रो काम गर्नेको खुट्टा तान्ने प्रवृत्तिले आज समाज पछि परेको बताउँदै कुनै पनि राम्रो काम गर्नेलाई सम्मान गर्न आवश्यकता रहेको कुरामा नगर प्रमुख अधिकारीले जोड दिनुभएको थियो।

त्यस्तै उहाँले अधिकाङ्गस महिलाहरुले खुलेर आफ्नो समस्या बताउन नसकेर उपचारै नगरी घरमा बसेकालाई शिविरले थप टेवा पुग्ने भन्दै यसरी आफ्नै गाउँ ठाउँमा शिविर आउँदा यसको भरपुर सेवा लिन समेत स्थानीयलाई आग्रह गर्नुभयो।

निम नेपाल सामाजीक संस्था रहेकोले सामाजीक कार्यहरुमा काम गदै आएको छ । यस शिविरलाई तम्सरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले व्यवस्थापन गरेको थियो । तम्सरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्ष सति कुमारी मान्नधरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकै सचिव ठाकुर प्रसाद पाण्डेले गर्नु भएको हो ।

FB_IMG_1704821504189

शिविरमा भरतपुर मेडिकल कलेका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. पुजा वानीया , जनरल फिजिसीयन डां.सिलता बराल र फ्रानका डां.दिदिय , मारी र  माय संगै नगर अस्पतालका स्वास्र्थकर्मीहरुको रोहबरमा स्वास्थ परिक्षण भएको थियोे । सो शिविर पौष २६ गतेसम्म चल्नेछ । यस शिविरबाट मध्यबिन्दु भरिका स्थानीयले सेवा लिन पाउनेछन् ।

FB_IMG_1704821530660

FB_IMG_1704821566361

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस