२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना, ६ जना घाइते

२०८० पौष २३, सोमबार प्रकाशित ( महिना अघि) ४४८४ पाठक संख्या

कावासोती । नवलपुरमा बस दुर्घटना भएको छ । काठमाण्डौबाट दाङको लागि आँउदै गरेको बस गैडाकोट – १० थुम्सिको जंगलमा दुर्घटना भएको हो।

पूर्ब पश्चिम राजमार्गमा ना ७ ख ७३९७ नम्बरको बस र बिपरित दिशाबाट जाँदै  गरेको ईन्डियन बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा आधा दर्जन यात्रु घाइते भएका छन् । घाइतेको जिल्ला सरकारी अस्पताल भरतपुर पठाएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको, सामान्य उपचार पश्चात सबै जना डिस्चार्ज भएका छन् । दुर्घटना आज बिहान २:३० बजे भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%२%७%१९%८%

प्रतिक्रिया दिनुहोस