२०८१ बैशाख २५, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

२०८० पौष २२, आईतबार प्रकाशित ( महिना अघि) ९७३ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दुमा वडास्तरिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नगरको खेलकुद बिकास समितिको आयोजनामा मध्यविन्दु – १३ बोझाघाट खेल मैदानमा हुने उक्त प्रतियोगिता पुस २६ गते उद्घाटन र २८ गते समापन हुने छ ।

वडामा रहेका भलिबल खेलप्रेमीहरुको प्रतिभालाई उजागर गर्न प्रतियोगीता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिङ ठकुरीले जानकारी दिनुभयो ।

प्रतियोगीतामा पुरुषतर्फको प्रथम पुरस्कार नगद रु २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कारका रुपमा नगद रु १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र , तृतीय पुरस्कारका रुपमा नगद रु ८ हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र रहेको छ ।

महिलातर्फ भने प्रथम पुरस्कार नगद रु १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कारका रुपमा नगद रु ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र , तृतीय पुरस्कारका रुपमा नगद रु ३ हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र रहेको सदस्य सचिव ठकुरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%३%२%२%१%

प्रतिक्रिया दिनुहोस