२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जीपबाट खस्दा एक जना गम्भिर घाइते

२०८० पौष २२, आईतबार प्रकाशित ( महिना अघि) ३३४४ पाठक संख्या

कावासोती । नवलपुरमा गुडिरहेको जिपबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।

बुलिङटार – १ स्थित कालीगण्डकी कोरीडोरमा गैडाकोटबाट बुलिङटारतर्फ जाँदै गरेको ना १ ज ५२१५ नम्बरको जिपबाट खसेर एक जना गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जिपमा सवार बुलिङटार १ बस्ने २० बर्षीय अर्जुन परिवार गम्भीर घाइते भएका हुन् ।

अर्जुनको चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा आईसियुमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जिप र जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%३%१६%४%

प्रतिक्रिया दिनुहोस