२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० पौष २२, आईतबार प्रकाशित ( महिना अघि) ६६३३ पाठक संख्या

कावासोती । नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका – १५ बस्ने ५७ वर्षीय खडानन्द काफ्ले जैसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरीका अनुसार कावासोती नगरपालिकाको डण्डा हुँदै गोरसतीतर्फ जाँदै गरेको लु ३ त ४९५५ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु २९ प १५३५ नम्बरको मोटरसाइकलबीच ठक्कर खाँदा मोटरसाइकल चालक जैसीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जैसीको उपचारको क्रममा मध्यविन्दु अस्पतालमा शनिबार दिउँसो २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%१%६%३%६९%१६%

प्रतिक्रिया दिनुहोस