२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

पाँच पाण्डव दुग्ध उत्पादक सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

२०८० पौष २२, आईतबार प्रकाशित ( महिना अघि) ३९२ पाठक संख्या

मध्यविन्दु । पाँच पाण्डव दुग्ध उत्पादन सहकारी संस्थाको ११औँ साधाराण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गिताराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नगर-उपप्रमुख पुर्णकला चौधरी प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समय कृषि क्षेत्रको मुख्य समस्या बजारीकरण रहेकोमा नगरको ध्यान त्यस तर्फ गएको बताउदै त्यसका लागि आवश्यक पहलकदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले समृद्ध नगरको परिकल्पना मध्ये कृषि पनि एक महत्वपूर्ण पाटो रहेको बताउँदै नगरबाट भएका सेवा प्रवाह अनुदानका विषयमा जानकार गराउँदै आगामी दिनमा पनि प्राथमिकता साथ राख्ने विश्वास व्यक्त गर्नुभएको थियो।

FB_IMG_1704577644627

कार्यक्रममा बोल्ने वक्ताहरूले सम्बन्धित निकायले अनुदान दिएको राम्रो पक्ष भएपनि बजारीकरण नहुँदा यसको औचित्य नरहेको बताउँदै आगामी दिनहरूमा यसतर्फ ध्यान दिन आवश्यक रहेको बताएका थिए । पछिल्लो समय अधिकांश स्थानहरूमा बजारीकरणको समस्याले गर्दा कृषक मारमा परेको बताउँदै । कृषकसँगै दूध उत्पादक सहकारीहरू धरासयमा पर्ने अवस्था आएको भन्दै यसमा सम्बन्धित निकायले ध्यान दिन आग्रह गरेका थिए ।

FB_IMG_1704577563486

उक्त कार्यक्रममा संस्थाको प्रगति तथा भावि योजना बारे संस्थाका अध्यक्ष गिताराम भुसालले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको सचिव सिता चापागाईले स्वागत मन्तवय राख्नु भएको थियो ।

त्यस्तै लेखा संयोजक गोपी कृष्ण अर्यालले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण संस्थाको सस्थापक अध्यक्ष धन बहादुर खत्रिले गर्नु भएको हो ।

FB_IMG_1704577580569

कर्यक्रममा नगरका सहकारी शाखा प्रमुख विष्णु प्रसाद शर्मा विशेष अतिथी रहनुभएको थियो । त्यस्तै वडा नं ४ का वडा अध्यक्ष डिल्लीराम थारु, सेतापाखी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उदयराज अर्याल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनधीहरु, सेयर सदस्य,कृषकहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

FB_IMG_1704577627920

FB_IMG_1704577631596

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस