२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८० पौष २१, शनिबार प्रकाशित ( महिना अघि) ५७०६ पाठक संख्या

कावासोती । नवलपुरमा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ ।

बौदीकाली गाउपालिका वडा नं: २ खहरे घर भएकी ५८ वर्षीया निर्मला श्रेष्ठको भीरबाट लडेर ज्यान गएको हो । निर्मला शुक्रबार विहान ९ बजे सामुदायिक वनमा घाँस काट्न गएकी थिएन् ।

घर नजिकैको मिथुकरम सामुदायिक वनमा घाँस काट्न गएकी श्रेष्ठ अवेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान भिरबाट लडेर चोटपटक लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी भिरबाट लडेर झण्डै २५ मिटर तल खसेको अवस्थामा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%६%१%७८%४%

प्रतिक्रिया दिनुहोस